२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंककाे खुद नाफा १ अर्ब ८४ करोड

कृषि विकास बैंककाे खुद नाफा १ अर्ब ८४ करोड

1.2K
Shares

काठमाडौं : कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यसैअवधिमा कमाएको २ अर्ब ५ करोड ३१ लाख रुपैयाँको तुलनामा १०.१७ प्रतिशत थोरै हो । बैंकको खुद ब्याज आम्दानी १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड रुपैयाँमा आएपछि खुद नाफा पनि प्रभावित भएको हो ।

यता, बैंकको खराब कर्जा पनि ३.३० प्रतिशतबाट बढेर ४.९८ प्रतिशत पुगेको छ । चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ४९ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ देखिएको छ । प्रतिसेयर आम्दानी २.५३ रुपैयाँले घटेर १५.४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij