काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। यस दिन चाँदी शुक्रबार कायम मूल्य अर्थात प्रतितोला १ हजार ९६० रुपैयाँमा नै कारोबार भइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij