२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको नाफा ५ अर्ब , अन्य सूचक कस्ता ?

नबिल बैंकको नाफा ५ अर्ब , अन्य सूचक कस्ता ?

1.3K
Shares

काठमाडौं- नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ८.२१ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा आएको छ । यद्दपि, इम्पेयरमेन्ट चार्जमा कमी ल्याएपछि खुद नाफामा सुधार देखिएको हो ।

नबिलको वितरणयोग्य नाफा पनि ८५.७८ प्रतिशतले बढेर २ अर्ब ८७ करोड पुगेको छ । यता, खराब कर्जामा भने केही वृद्धि भएको छ । चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३१ अर्ब ३१ करोड रुपैयाँ जम्मा रहेको छ ।  खुद नाफामा वृद्धिसँगै योप्रतिसेयर आम्दानी पनि १.८१ रुपैयाँले घटेर २५.०५ रुपैयाँ कायम भरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij