२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

1.4K
Shares

काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लि.को एफपीओ बैशाख ७ गते बाँडफाँट भएको छ। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल ५ हजार १२९ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्।

लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको एफपीओ आज बाँडफाँट गरेको हो।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल १९ लाख २३ हजार ४९० आवेदन मार्फत २ करोड २१ लाख ७६ हजार ८४० कित्ता माग भएको लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटलले जनाएको छ। जसमध्ये २ हजार ५२३ आवेदन रद्द भएका छन् भने १९ लाख २० हजार ९३९ आवेदन स्वीकृत भएका छन्।

 

यसरी बाँडफाँट गर्दा शेष रहेको २.५० कित्ता शेयर सोही ५ हजार १२९ आवेदकमध्ये तीन जनालाई बाँडफाँट गरिएको छ। यस अनुसार २ जना आवेदकले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने एक जनाले १०.५० कित्ता प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij