२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा ३८.६१ प्रतिशत बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा ३८.६१ प्रतिशत बढ्यो

580
Shares

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यस बैंकको खुद नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानीमा ६.५० प्रतिशतले कमी आउँदै १० अर्ब ३१ करोड रुपैयाँमा झरेको छ । यद्दपि, इम्पेयरमेन्ट चार्जमा उल्लेख्ख मात्रामा कमी आएपछि बैंकको नाफा वृद्धि भएको देखिन्छ । यता, कुल खराब कर्जा १.४० प्रतिशत विन्दुले बढेर ४.३९ प्रतिशत कायम भएको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७४ पैसाले बढेर १७ रुपैयाँ ५४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ पनि १७ रुपैयाँले बढेर १९० रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३१ अर्ब ९५ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij