२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ताप्लेजुङको तापेथोकमा कञ्चनजङ्घा पार्क निर्माण हुने

ताप्लेजुङको तापेथोकमा कञ्चनजङ्घा पार्क निर्माण हुने

1.2K
Shares
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित दक्षिणी आधार शिविरबाट देखिएको विश्वको तेस्रो अग्लो आठ हजार पाँच सय ८६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको दृश्य। तस्बिरः दिलकुमार लिम्बू÷रासस

ताप्लेजुङ- कञ्चनजङ्घा संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकमा ‘कञ्चनजङ्घा पार्क सेन्टर’ निर्माण हुने भएको छ ।

पर्यटन प्रवद्र्धनलाई लक्ष्यित गरी निर्माण हुन लागेको उक्त पार्कको शुक्रबार एक विशेष समारोहका बीच हिमालयन ट्रष्ट युकेका अध्यक्ष ग्राम रिग्ली र डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार पार्क सेन्टरभित्र आधुनिक सुविधासम्पन्न पर्यटन सूचना केन्द्र, तालिम केन्द्र, सभाहल तथा आगन्तुकको विवरण सङ्कलन गर्ने कार्यालय स्थापना हुनेछन् ।

“अब निर्माण हुने संरचनाले कञ्चनजङ्घा संरक्षण क्षेत्रको व्यवस्थापन प्रभावकारी हुनका साथै स्वदेशी तथा विदेशी पर्यटकका लागि आवश्यक सेवा र जानकारी उपलब्ध गराउ सहज हुनेछ”, उहाँले पार्क निर्माणका लागि आर्थिक स्रोत व्यवस्थापनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरिने जानकारी दिँदै अध्यक्ष फेम्बुले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij