२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

आज सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

1.5K
Shares

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.को लाभांश सुरक्षित गर्ने बैशाख ४ गते अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात बैशाख ५ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.२७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij