२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा नौ महिनामा २ अर्ब ३५ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा नौ महिनामा २ अर्ब ३५ करोड राजस्व सङ्कलन

995
Shares

झापा- आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०÷८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो ।

कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/८१ को (साउन–चैत) महिनामा र दुई अर्ब १७ करोड १९ लाख तीन हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए। चालु आव २०८१/८२ मा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रनले बताए ।

गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको नौ महिनाको लक्ष्यको ८१ दशमलव ४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताउनुभयो । कार्यालयले नौ महिनामा आयकरबाट रु एक अर्ब सात करोड ९४ लाख ९४ हजार, ब्याजबापत ७ करोड १९ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत ७६ करोड ७१ लाख नौ हजार, अन्तःशुल्कबापत ३९ करोड ९७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।

यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी एक करोड ७५ लाख असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिए । “कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैङ्क खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही पनि गरिएको छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij