काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको बुधबार दिउँसो बसेको सञ्चालक समिति बैठकले आगामी वार्षिक साधारण सभामा कुनै पनि बोनस सेयर तथा नगद लाभांश प्रस्ताव पेश नगर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij