काठमाडौं – नेपाल अटोमोबाइल्स इम्पोर्टस् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) औपचारिक घोषणा भएको छ । नाईमा गत फागुन ९ गते कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा कम्पनी ऐन अन्तर्गत दर्ता भएको संस्था हो ।
नाइमा अटोमोबाइल ब्राण्डका चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनका आयातकर्ता र उत्पादक कम्पनीहरूलाई समेट्ने गरी स्थापना गरिएको हो। संस्थाको अध्यक्ष युनाइटेड ट्रेडर्स सिन्डिकेट (टोयोटा गाडीको आधिकारिक वितरक) की प्रबन्ध निर्देशक रितुसिंह वैद्य छिन्।
संस्थामा उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सदस्यको रूपमा आबद्ध छन्। नाइमाको संस्थापक सदस्यहरूमा कन्टिनेन्टल ट्रेडिङका सुहृदराज घिमिरे, एचएच एण्ड को प्राइभेट लिमिटेडका शेखर गोल्छा, अग्नि इंक प्राइभेट लिमिटेडका क्याबिनेट श्रेष्ठ, साकार ट्रेडिङमा सौरभ ज्योति रहेका छन्।
एसपिजी अटोमोबाइलका सन्दीपकुमार शारडा, लक्ष्मी मोटरका निराकार श्रेष्ठ, साइमेक्स इंककी यमुना श्रेष्ठ, पारामाउन्ट मोटर्सका निकुञ्ज अग्रवाल, सांग्रिला मोटर्सका हेमन्त गोल्छा र ओम्नी मोटर्सका उदयन काबरा पनि संस्थापक सदस्य रहेका छन्।
नाइमाले आफ्नो स्पष्ट दृष्टिकोण, कार्यक्षेत्र, मध्यकालीन तथा दीर्घकालीन योजना र मोबिलिटी सशक्तिकरणका लागि गरिने हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गरेको छ। संस्थाले नेपाली अटोमोबाइल क्षेत्रको समुचित व्यवस्थापन, विकास र नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij