काठमाडौं – नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत यो २१ दिने निक्षेप संकलन उपकरणको वैशाख २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा खिच्दै आएको हो ।
सोही क्रममा आज ३० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी वैशाख २४ गते हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij