२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रुबि भ्याली हाइडोपावरको साधारणसभा आब्हान

रुबि भ्याली हाइडोपावरको साधारणसभा आब्हान

905
Shares
AGM - Annual General Meeting acronym, business concept. word lettering typography design illustration with line icons and ornaments. Internet web site promotion concept vector layout.

काठमाडौं – रुबि भ्याली हाइडोपावर कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा आब्हान गरेको छ । सभा वैशाख २४ गते, बुधबार गर्ने भएको छ । कार्यालय, का.म.पा. वडा नं. ०४, सुकेधारामा गर्ने भएको हो । सभा दिउँसोको १२ बजेदेखि सुरु हुनेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको आर्थिक वर्ष २०८० /०८१ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, आगामी आर्थिक वर्षको लागि कार्य योजना तयार पार्ने तथा गत आर्थिक वर्षको कार्यको समिक्षा गर्ने, संचालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij