२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन

1.5K
Shares

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका अनुसार साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिक रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड, पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको हो ।

यसैगरी, फागुनमा रु १४ अर्ब ६३ करोड र चैतमा रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij