२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राजस्व छलि आरोपमा मुद्दा दायर

राजस्व छलि आरोपमा मुद्दा दायर

685
Shares

लुम्बिनी- रूपन्देहीको शिद्धार्थनगर नगरपालिका–८ लुम्बिनी गेट नजिककै सञ्चालनमा रहेको सुन्दर हार्डवेयर एण्ड प्लाइउड पसलविरुद्ध राजस्व चुहावट तथा राजस्व छलि गरेको आरोपमा मुद्दा दायर भएको छ ।

उक्त पसलका सञ्चालक जोगेन्द्र अग्रहरीले मालवस्तु खरिद गरेको स्टक नचढाएको, बिल बिजकनै जारी नगरी सामान बिक्री गर्ने गरेको तथा बिक्री भएको मालवस्तुको अभिलेख नराखेको अनुसन्धानबाट देखिएकाले राजस्व अनुसन्धान कार्यालय, बुटवलले आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

राजस्व कार्यालयको अनुसन्धानमा उक्त पसल सञ्चालकले राजस्व कार्यालयमा पेस गरेको मौज्दात विवरणभन्दा पसलको गोदाममा अधिक मालवस्तु फेला परेको र ती मालवस्तुको खरिद तथा भन्सार पैठारीसम्बन्धी कुनै कागजात प्रमाण निजले पेस गर्न नसकेका कारण कारोबार कर छल्ने उद्देश्यले न्यून बिक्री देखाइ राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ (संशोधन सहित) को दफा ४(छ) र (झ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय, बुटवलका कार्यालय प्रमुख बिवेक घिमिरेले जानकारी दिए ।

राजस्व अनुसन्धान कार्यालयले प्राप्त तथ्य र प्रमाणको आधारमा सुन्दर हार्डवेयर एण्ड प्लाइउडका प्रोप्राइटर जोगेन्द्र अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरिएको र बिलबिजक, खरिद खाता, बिक्री खातालगायत अन्य आवश्यक कागजात तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण प्रतिवेदनअनुसार निजले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेध गरेको कार्य गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको प्रमुख घिमिरेले जानकारी दिए ।

उक्त मुद्दामा प्रतिवादी सुन्दर हार्डवेयर तथा प्लाइउड पसलका सञ्चालकले राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई विश्लेषण गरी रु ५४ लाख ४१ हजार बिगो र सोही बमोजिम शतप्रतिशत जरिवाना र कानुन बमोजिम हदैसम्मको कैद सजाय मागदाबी लिई मुद्दा दायर गरिएको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij