काठमाडौं- सिन्धु विकास बैंक लिमिटेडले आजदेखि संस्थापक सेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। यसमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दियी सक्नुपर्ने बैंकले जनाएको छ ।
संस्थापक सेयरधनीहरुले नेपाल राष्ट्र बैंकबाट संस्थापक सेयरधनीका लागि तोकिएको फिट एण्ड प्रोपर टेस्टको विवरण,कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयस्रोत खुल्ने कागजातको प्रतिलिपी,पछिल्लो आवको करचुक्ताको प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपी संलग्न गरी बनेपामा रहेको बैंकको कपोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij