२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तीमा

आजबाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तीमा

1.4K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जनाएको छ।

चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नेपाली भाषामा वि.संं २०८१ लेखिएको सिरियल नम्बर राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij