२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया डिबेञ्चर २०९१’ बाँडफाँड

एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया डिबेञ्चर २०९१’ बाँडफाँड

1.5K
Shares

काठमाडौं – एनआईसी एशिया बैंककाे “एनआईसी एशिया डिबेञ्चर २०९१” चैत ३१ गते बाँडफाँड गरेको छ । बिक्री अवधिभर रितपूर्वक आवेदन दिएकालाई आइतबार बाँडफाँड गरिएको जनाइएको छ । बाँडफाँडमा परेको ऋणपत्रको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडको वेवसाइड तथा सिडीएसीबाट सञ्चालित वेवसाइट बाट हेर्न सकिने छ ।

चैत २५ देखि २८ गतेसम्म निष्काशन गरेको १० वर्षे अवधिको एनआईसी एशिया डिबेञ्चर २०९१ ऋणपत्रको ७ प्रतिशत ब्याजदर रहेको छ ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात डिबेञ्चरमध्ये कुल ३ अर्ब ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात २० लाख कित्ताले हुन आउने कुल २ अर्ब ऋणपुँजी रकम सर्वसाधारणमा निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij