काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ४२ हजार ५१३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले शेयर खरिदका लागि निवेदन सक्नेछन्। यसअघि बैंककै संस्थापक शेयरधनीलाई शेयर बिक्री खुला गरिएकोमा खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएको बैंकले जनाएको छ।
इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र बैंकको शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij