२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ- वनमन्त्री ठकुरी

पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ- वनमन्त्री ठकुरी

1K
Shares

भक्तपुर- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पर्यटन क्षेत्रको विकासबाट आर्थिक गतिविधि चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखेका छन्।

आज भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित घ्याम्पेडाँडामा सुरु भएको ‘स्वनिग रिसोर्ट’को शिलान्यास गर्दै उनले पयटकीय क्षेत्रको विकास देशका आर्थिक विकासको मेरुदण्ड भएको बताए।

पर्यटकीय क्षेत्रको विकासले समृद्ध मुलुक निर्माणको यात्रामा अगाडि बढ्न सकिने भन्दै मन्त्री ठकुरीले पर्यटनकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गरी पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिए । भक्तपुर क्षेत्रमा प्रशस्त पर्यटकीयस्थल रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा सबैले सहकार्य र समन्वय गर्नुपर्ने उनको भनाइ छ ।

कूल सात अर्बको लागतमा निर्मित उक्त रिर्साटमा एनआरएनका पूर्वध्यक्ष शेष घले र व्यवसायी अमृत रत्न शाक्यकोसमेत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij