२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालीकोट कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

कालीकोट कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

800
Shares

कालीकोट- जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन् । जिल्ला कारागारमा २२ जनाको क्षमता भए पनि अहिले ५२ जना कैदीबन्दी रहेका हुन् । जिल्ला कारागारको क्षमता १५ जना पुरुष र सातजना महिला गरी २२ जनाको हो ।

कारागारमा क्षमताभन्दा कैदीबन्दी कारागारमा राखिएको जिल्ला कारगार कार्यालयका प्रमुख जेलर मानबहादुर विकले बताउनुभयो । “भवन पनि पुरानो छ । भूकम्प आएको खण्डमा कैदीको जीवन निकै जोखिममा छ,” उहाँले भन्नुभयो, “पुरानो भवन त्यसैमा साँघुरो भएकाले बैदीबन्दीको जीवन थप कष्टकर भइरहेको छ ।”

जिल्ला कारागारको नयाँ भवन निमार्णका लागि एक पटक बजेटको व्यवस्थापन भएको र कैदीबन्दी राख्ने अर्को कुनै विकल्प नभएकाले पुरानो भवन भत्काउने अवस्था नभएको जेलर विकले बताउनुभयो । “बजेट रु एक करोड फिर्ता गयो,” उहाँले भन्नुभयो, “कारागारभित्रको माथिल्लो क्षेत्र निकै भिरालो भएकाले कटान गरेर मैदान बनाउन धेरै बजेट लाग्ने भयो ।”

जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रदेशले कारागार बनाउका लागि डिपिआर बनाएको आफूले जानकारी पाएको बताउनुभयो । “ठाउँ अभाव भएको विषयमा पनि छलफल भएको र कैदीलाई कतै सारेर भए पनि भवन बनाउने विषयमा छलफल भइरहेको छ,” उहाँले भन्नुभयो, “क्षमता कमको कैदीबन्दी बढी राख्नु पर्दा व्यवस्थापनमा समेत निकै समस्या हुने गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij