काठमाडौं – नयाँ वर्षका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । आज सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द रहनेछन् ।
नयाँ वर्षको आगमनसँगै देश–विदेशमा रहेका नेपालीहरूले एक आपसमा शुभकामना आदानप्रदान गरी उल्लासपूर्वक पर्व मनाउने परम्परा छ । यस दिन मेष संक्रान्ति र बिस्का जात्रा जस्ता सांस्कृतिक चाडपर्वहरू समेत रहेकाे छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij