२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध विद्रोहको मुद्दा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध विद्रोहको मुद्दा

660
Shares

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले गत डिसेम्बरमा अल्पकालीन सैनिक शासन लागू गरेको अभियोगमा उहाँविरूद्ध सोमबार फौजदारी मुद्दा दायर गरिने भएको छ ।

उहाँले डिसेम्बर ३ मा राजनीतिक गतिविधि र मिडियाको सेन्सरसिप स्थगन गर्न आदेश दिएपछि देशमा सैन्य शासन लागू गर्ने प्रयास गर्नुभएको थियो । विपक्षी सांसदहरूले मतदान गरेपछि उक्त आदेश छ घण्टामात्र चलेको थियो।

यस विनाशकारी प्रयासका लागि दक्षिण कोरियाली संसद् (नेशनल एसेम्ब्ली)ले युनलाई महाभियोग लगाएको थियो भने महाभियोगको प्रस्ताव दर्ता भएपछि उहाँ निलम्बनमा पर्नुभएको थियो । संवैधानिक अदालतले अप्रिल ४ मा उहाँलाई राष्ट्रपतिको जिम्मेवारीबाट पूर्ण रूपमा हटाउने आदेश सुनाएको थियो ।

यद्यपि उहाँले राष्ट्रपतिको सबै विशेषाधिकार गुमाइसक्नुभएको छ । अझै पनि विद्रोहको अभियोगमा उहाँविरूद्ध सोमबार आपराधिक मुद्दा दायर गर्ने तयारी गरिएको छ ।

फेब्रुअरीमा भएको प्रारम्भिक सुनुवाइका क्रममा युनका वकिलले उनको हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्क गरेका थिए, जुन तर्कलाई अदालतले स्वीकार गरेको थियो । हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्कका आधारमा उनी पक्राउ परेको ५२ दिनपछि रिहा भएका थिए ।

हप्तौँसम्म प्रहरी र अभियोजनकर्ताविरुद्ध आवाज उठाएपछि जनवरीमा उहाँलाई पक्राउ गरिएको थियो । उनी राष्ट्रपति रहेकै समय पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका थिए ।

दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डसमेत हुन सक्छ ।

शुक्रबार ६४ वर्षीय पूर्व नेताले राष्ट्रपति निवास खाली गरी सियोलस्थित आफ्नो निजी निवासमा प्ुगी आफ्ना समर्थकलाई अभिनन्दन गरेका थिए ।

“अब, म गणतन्त्र कोरियाको एक साधारण नागरिकमा फर्कन्छु, र म हाम्रो देश र हाम्रा जनताको सेवामा नयाँ बाटो खोज्नेछु,” उनले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेका छन् ।

युनलाई हटाएसँगै दक्षिण कोरियामा आगामी जुन ३ मा उहाँको उत्तराधिकारी चयनका लागि मध्यावधि निर्वाचन हुने भएको छ । त्यतिबेलासम्म यो देश कार्यवाहक राष्ट्रपति हान डक–सोद्वारा शासित रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij