२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोब्बरले बढ्यो भैरवस्थान मन्दिरको भेटी

दोब्बरले बढ्यो भैरवस्थान मन्दिरको भेटी

910
Shares
algofgL, # kmfu'gM k"j{klZrd /fhdfu{cGtu{t emfkfsf] d]rLgu/–& l:yt hf]/l;dnaf6 ;z:q k|x/Ln] lgoGq0fdf lnPsf] af !@ r (^* gDa/sf] hLkaf6 zlgaf/ a/fdb u/]sf] ¿ Ps s/f]8 . t:jL/ M ;Gtf]if zdf{÷/f;;

बागलुङ बागलुङको धार्मिक शिक्तपीठमध्येको एक बलेवाको कालभैरव मन्दिरमा भेटी सङ्कलन दोब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको भैरवस्थान मन्दिरमा पछिल्लो समय पूर्वाधार निर्माणले तीव्रता पाएसँगै यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको छ ।

मालपोत कार्यालयद्वारा ठेक्कामा भेटी सङ्कलन गरिँदै आएकामा चालु आर्थिक वर्षमा गुठी व्यवस्थापन समितिले जिम्मा लिएपछि भेटी सङ्कलन दोब्बरले वृद्धि भएको पाइएको छ । पछिल्लो समय बलेवा भैरवस्थान गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै मन्दिरले मुहारै फेरेको छ भने भक्तजनको सुविधाका लागि पूर्वाधारसहित खानेपानी र शौचालयलगायतका काम भइरहेका छन् ।

गत आर्थिक वर्ष रु नौ लाखमा ठेक्कामा जिम्मा लगाइएको भेटी चालु आर्थिक वर्षको नौ महिनामै  २० लाख भेटी सङ्कलन भएको भैरवस्थान गुठी व्यवस्थान समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले जानकारी दिए । ठेकेदारलाई एकमुष्ट जिम्मा लगाउँदा अन्य आम्दानी गर्नसमेत समस्या भएपछि आम्दानीको जिम्मा समितिले लिएको छ । समितिले जिम्मा लिँदा आम्दानी दोब्बरले बढेको र अझै तीन महिनामा केही रकम सङ्कलन हुने अपेक्षा गरिएको छ ।

“कोरोना कालमा  ५० हजार भेटी सङ्कलन भएको थियो, त्यसयता रु तीन लाखदेखि अधिकतम रु नौ लाखसम्ममा मन्दिरको एकमुष्ट भेटी ठेक्कामार्फत सङ्कलन गरिएको थियो, तर अहिले समितिमार्फत नै भेटी सङ्कलन गर्न थालेपछि नौ महिनामै  २० लाख सङ्कलन भइसकेको छ”, ढकालले भने, “समितिले भेटीको जिम्मा लिएर अडिट गरेपछि १० प्रतिशत गुठीलाई दिइन्छ, समितिले भेटी सङ्कलनको जिम्मा लिएपछि गुठीको आम्दानीसमेत बढ्यो ।”

पछिल्लो दुई वर्षयता बलेवा कालभैरवको पूर्वाधारमा रु ५९ लाख खर्च भइसकेको ढकालले जानकारी दिए । समितिको आन्तरिक रकमबाट ११ वटा व्यावसायिक सटर निर्माण गरेपछि आगमी वर्षबाट मन्दिरको आम्दानीसमेत थप बढेर जाने ढकालको भनाइ छ ।

समुद्री सतहदेखि एक हजार ४०० मिटरको उचाइमा रहेको भैरवस्थानको मुख्य मन्दिर भने पुरानो रहेको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधार निर्माणले गति लिएको छभने वर्षौँदेखिको ठेक्का तोडेर समितिले आम्दानी लिन थालेको छ । तीन सय वर्षभन्दा पुरानो मन्दिरमा पछिल्लो समय सडक सुविधा पुगेपछि धार्मिक पर्यटनमा वृद्धि भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ ।

कालभैरव मन्दिरको प्रचारप्रसार र महिमाका कारण पछिल्लो समय आन्तरिक पर्यटक बढेपछि सडक स्तरोन्नति, पदमार्ग, व्यावसायिक सटरलगायता पूर्वाधार थपिँदा मन्दिरमा पुग्ने दर्शनार्थीको चाप बढ्दा भेटी सङ्कलनसमेत बढिरहेको ढकालको भनाइ छ । विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको छ ।

पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइबीच झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ । मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij