२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से सामान्य अंकले घट्यो, ५ अर्ब ६३ करोडकाे काराेबार

नेप्से सामान्य अंकले घट्यो, ५ अर्ब ६३ करोडकाे काराेबार

1.2K
Shares

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५.५७ अंकले घटेको छ । बजार  २,६७० विन्दुमा कायम भएको छ ।

यस दिन ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो । एक करोड १३ लाख ८४ हजार कित्ता सेयर ४९ हजार ६३२ पटकमा खरिद–बिक्री भएको छ ।

११४ कम्पनीको सेयर मूल्य बढेको छ । १३१ कम्पनीको सेयर मूल्य घटेको छ । १ कम्पनीको सेयर मूल्य स्थीर रहेकाे छ ।  समूहगत उपसूचकतर्फ जलविद्युत् ०.०९, माइक्रो फाइनान्स ०.२३, म्युचअल फन्ड ०.१९ प्रतिशतले बढेका छन् । बाँकी समूह सूचक राताम्य देखिएको छ ।

आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij