काठमाडौं – नेपाल बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र विजयी भएका छन् । नेपाली कांग्रेस – एमाले गठबन्धनका उम्मेदवार मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत पाए ।
महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने यज्ञमणि न्यौपानेले २३६७ मत पाए । अन्य सबै पदाधिकारीमा कांग्रेस एमाले गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij