२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोर्खाज फाइनान्सको का.मु. सीईओमा दिपक न्यौपाने नियुक्त

गोर्खाज फाइनान्सको का.मु. सीईओमा दिपक न्यौपाने नियुक्त

1.8K
Shares

काठमाडौं – गोखार्ज फाइनान्स लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले का.मु. प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अर्काे व्यवस्था नभएसम्मको लागि दिपक न्यौपानेलाई नियुक्त गरेको छ । वित्तीय संस्थामा हाल सीईओ पद रिक्त रहेको र का.मु. सीईओको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ समेत अनिवार्य अवकाशमा जाने भएपछि जिम्मेवारी न्यौपानेलाई प्रदान गरेको हो ।

नवनियुक्त का.मु. सीईओ  संस्थामा विगत तीन वर्ष देखि वरिष्ठ प्रबन्धक पदमा कार्यरत छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij