२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ओहोदाको प्रमाणपत्र प्रस्तुत

ओहोदाको प्रमाणपत्र प्रस्तुत

825
Shares

काठमाडौँ – डेनमार्क अधिराज्यका लागि नेपालकी राजदूत सुम्निमा तुलाधरले त्यहाँका नरेश फ्रेडरिक आन्द्रे हेनरिक क्रिश्चियनसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।

कोपनहेगनस्थित क्रिश्चियनबोर्ग दरबारमा आयोजित विशेष समारोहमा उनले मङ्लबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन । प्रमाणपत्र पेस गरेपछि डेनिस नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री के।पी। शर्मा ओलीका तर्फबाट उनको सुख, सुस्वास्थ्यका साथै डेनमार्कका जनताको दिगो समृद्धिको कामना गरेको कोपनहेगनस्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा नेपाल–डेनमार्क सम्बन्धका विविध पक्षबारे छलफल हुनाका साथै नेपालले निकट भविष्यमा आयोजना गर्न लागेको सगरमाथा संवादबारे जानकारी दिएीा थिइन ।

उनले ले २०७२ सालको भूकम्पछि पश्चिम नेपालमा भएको मानवीय सहायता परिचालनको अवलोकन गरेको स्मरण गर्दै जलवायु परिवर्तन र हिमालय क्षेत्रमा त्यसको हानिकारक प्रभावबारे चिन्ता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij