२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत खस्दा कम्तिमा २७ जनाको मृत्यु, १५० घाइते

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत खस्दा कम्तिमा २७ जनाको मृत्यु, १५० घाइते

710
Shares

डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको बिहान छत खस्दा कम्तिमा २७ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका छन् । घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा चलिरहेको छ । चार सय भन्दा बढी उद्धारकर्मी र दर्जनौं एम्बुलेन्सहरू घाइतेहरूको उद्धारमा संलग्न छन् ।

प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका बेला अचानक अँध्यारो भयो र त्यहि समयमा क्लबको छत खस्दा थाल्यो । दुर्घटना हुँदा क्लबमा ५०० देखि एक हजार जनासम्म मानिस थिए ।

राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गरे ।

आपतकालीन अपरेसन केन्द्र (सीओई) का निर्देशक जोआन मैनुअल मन्डेजले घटनामा २७ जनाको मृत्यु भएको पुष्टि गरे । उनले उद्धारकर्ताहरू उद्धारका लागि प्रयास जारी राखेको बताए । एम्बुलेन्सले १५० भन्दा बढी घाइतेहरूलाई अस्पताल पुर्याइएको उनले बताए ।

स्थानीय मिडियाले घटनास्थलमा निर्माण क्रेन प्रयोग गरिरहेको र उद्धारकर्मीहरूले मलबा हटाएर जीवित व्यक्तिहरूलाई खोज्ने कार्यमा केन्द्रित भएको उल्लेख गरेका छन् । राष्ट्रपति अबिनाडेरले सरकार उद्धार कार्यको निरन्तर अनुगमन गरिरहेको र सबै राहत एजेन्सीहरूले घाइतेहरूको मद्दतमा जुटेको बताउनुभयोे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij