२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा

एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा

910
Shares

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको छ। बैंकले ७ लाख १४ हजार ९५० कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १९० रूपैयाँ तोकिएको छ। लगानीकर्ताले खरीदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता माग गर्नु पर्नेछ भने बढीमा १०० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले चैत २६ गतेदेखि वैशाख ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्ने बैंकले जनाएको छ। यस्तो बोलपत्र बालुवाटारस्थित (बिक्री प्रबन्धक) एनएमबि क्यापिटल लिमिटेडमा पाइनेछ।

उक्त अवधिमा प्राप्त शिलबन्दीहरू वैशाख १० गते बिहान १० बजे बिक्री प्रबन्धककै कार्यालयमा खोलिने बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij