काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार विभिन्न ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज नागरिक लगानी कोष, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र राधी विद्युत कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो।
नेप्सेमा नागरिक लगानी कोषको ७ प्रतिशतले हुन आउने ४२ लाख ४० हजार ३ सय ७२ कित्ता बोनस शेयर, जीवन विकास लघुवित्तको १४ प्रतिशतले हुन आउने १८ लाख ८६ हजार ५ सय २६ दशमलव ४६ कित्ता बोनस शेयर, कालिका लघुवित्तको ९.५० प्रतिशतले हुन आउने ३ लाख ५३ हजार ७ सय ५ दशमलव ६५२५ कित्ता बोनस शेयर र राधि विद्युत कम्पनीको ४.७५ प्रतिशतले हुन आउने ८ लाख ३३ हजार ९ सय ४ दशमलव ७० कित्ता बोनस शेयर सूचीकृत भएका छन् ।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij