काठमाडौँ – दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्ने उद्देश्यले यही चैत २९ देखि ३१ गतेसम्म तेस्रो अन्तरराष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ ।
सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालको आयोजना र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सह–आयोजनामा हुने सम्मेलनमा यातायात क्षेत्रका विज्ञहरु, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल हुनेछ जनाइएको छ ।
“स्मार्ट यातायात प्रणालीको प्रवद्र्धन कृत्रिम बुद्धिमत्ता र बौद्धिक यातायात प्रणालीको प्रयोगद्वारा स्मार्ट यातायात सेवा विस्तार गर्ने, उत्थानशील पूर्वाधारको विकास प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा अन्य विपद्हरुको सामना गर्न सक्ने यातायात प्रणालीको निर्माण गर्नु सम्मेलनको उद्देश्य छन्”, सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल अध्यक्ष डा. हरेराम श्रेष्ठले भने ।
सम्मेलनले यातायात क्षेत्रलाई सुरक्षित, दिगो, प्रभावकारी र उत्थानशील बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । विभिन्न सरोकारवालासँग सहकार्य गरी प्रभावकारी नीति निर्माण, प्रयोग र यातायात सञ्चालनमा सुधारका उपाय खोजिने र सम्मेलनले नेपालको यातायात प्राणालीलाई अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन योगदान गर्ने श्रेष्ठको भनाइ छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij