२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकले आज ३५ अर्ब खिच्दै

राष्ट्र बैंकले आज ३५ अर्ब खिच्दै

950
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चैत २५ गते ३५ अर्ब रुपैयाँ खिच्ने भएको हो।

२३ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको हो। उक्त ३५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले २०८२ बैशाख १७ गते फिर्ता पाउनेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।   बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र बढीमा ५ करोडले भाग गर्दा निः शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने भएका हुन्। बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij