काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँ घटेर १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यस्तो सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij