२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फ्रान्सेली विदेशी भूभागमा अमेरिकाद्वारा कर कटौती

फ्रान्सेली विदेशी भूभागमा अमेरिकाद्वारा कर कटौती

650
Shares

वासिङ्टनले यस हप्ताको सुरुमा सूचीबद्ध गरिएका दुई फ्रान्सेली विदेशी क्षेत्रमा योजनाबद्ध कर घटाएको छ ।

बुधबार प्रकाशित देश र क्षेत्रहरूको सूचीमा ट्रम्पको ह्वाइट हाउसले हिन्द महासागरको क्षेत्र ला रियुनियनबाट आयातमा ३७ प्रतिशत र उत्तरी अटलान्टिकमा रहेको सानो सेन्ट–पिएरे–एट–मिक्वेलनबाट आउने वस्तुहरूमा ५० प्रतिशत शुल्क लगाउने जनाएको थियो ।

शुक्रबार उपलब्ध गराइएको सूचीको संस्करण अनुसार युरोपेली सङ्घ (इयु) को साझा भन्सार क्षेत्रको हिस्सा तर कर उद्देश्यका लागि छुट्टै क्षेत्र मानिने ला रियुनियनले त्यसको साटो १० प्रतिशत करको सामना गर्नेछ ।

प्राविधिक रूपमा युरोपेली सङ्घ (इयु) को हिस्सा नभएको सेन्ट–पिएरे–एट–मिक्वेलन पनि त्यही शुल्कको प्रभावमा पर्नेछ ।

यसले ती दुई क्षेत्रलाई अन्य फ्रान्सेली विदेशी भू–भागहरू ग्वाडेलुप, मार्टिनिक, फ्रेन्च गुयाना र मायोटेसँग समान स्थितिमा ल्याउनेछ ।

ला रियुनियनका क्षेत्रीय अध्यक्ष ह्युगेट बेल्लोले बुधबार प्रारम्भिक कर दरबारे थाहा पाएपछि ट्रम्पलाई ‘अज्ञानी’ भन्दै आलोचना गर्नुभएको थियो भने सेन्ट–पिएरे–एट–मिक्वेलनका सांसद स्टेफन लेनोर्मनले ‘अमेरिकी प्रशासनमा अक्षमता’ भनेर आक्रमण गर्नुभएको थियो ।

सूचीको शुक्रबारको संस्करणले न्युजिल्यान्ड र फ्रान्सेली प्रशान्त क्षेत्र न्यु क्यालेडोनियाको बीचमा रहेको अस्ट्रेलियाको नोरफोक टापुमा योजनाबद्ध भन्सार शुल्कहरू पनि तीव्र रूपमा घटाइएको देखिन्छ ।

दुई हजार जनसङ्ख्या भएको यो द्वीपमा प्रारम्भमा २९ प्रतिशत आयात शुल्क लाग्ने अनुमान गरिएको थियो । यो अहिले घटेर १० प्रतिशत भएको छ ।

शनिबारदेखि क्यानाडा र मेक्सिकोबाहेक सबै अमेरिकी आयातमा १० प्रतिशत भन्सार शुल्क लागू हुनेछ ।

आगामी बुधबारदेखि दर्जनौँ अमेरिकी व्यापार साझेदारका लागि दरहरू बढाइनेछ । यसमा युरोपेली सङ्घका आयातकर्ताहरूले २० प्रतिशत र चीनले ३४ प्रतिशत तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij