२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान किन्दा छुट पाउने

गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान किन्दा छुट पाउने

380
Shares

काठमाडौं – गरिमा विकास बैंकका ग्राहकले अनलाइन सपिङ प्लेटफर्म दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र दराजबीच सम्झौता भएसँगै बैंकका ग्राहकले उक्त छुट पाउने भएका हुन् ।

नयाँ वर्ष २०८२ सालको अवसरमा गरिमा विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो ।

यस छुट योजना अन्तर्गत बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले दराजको वेबसाइट वा मोबाइल एपमार्फत सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७ सय ५० रुपैयाँसम्म र डेबिट कार्ड होल्डर ग्राहकले १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।

छुट योजना चैत २२ देखि ३१ गतेसम्म लागु हुनेछ । बैंकका कार्ड होल्डर ग्राहकले यस योजना सुरु भएपछि दराजको वेबसाइट वा मोबाइल एपमा उपलब्ध हुने गरिमा विकास बैंकको नामको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij