२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज ५ वर्षे कार्यकाल सकेर गभर्नर महाप्रसाद अधिकारी बाहिरिँदै

आज ५ वर्षे कार्यकाल सकेर गभर्नर महाप्रसाद अधिकारी बाहिरिँदै

1.7K
Shares

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल आज चैत्र २२ गते सकिँदै छ । अधिकारीले कार्यकाल सकिनु अगाडी पत्रकार भेटघाट कार्यक्रम राखेका छन् ।

त्यस क्रममा आफ्नो कार्यकालको अवधिमा सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरुबारे जानकारी दिईने राष्ट्र बैंकले जनाएको छ । गभर्नर अधिकारीको कार्यकाल चैत्र २४ गतेसम्म भए पनि चैत्र २३ गते शनिवारको विदा र चैत्र २४ गते राम नवमीको सार्वजनिक विदा परेकोले आज चैत्र २२ गते नै उनको कार्यकालको अन्तिम दिन बनेको छ । उनको ५ वर्षे कार्यकाल उतारचढावका बिच सकिएको छ । उनको कार्यकाल धेरै बिबादास्पद रह्यो ।
अब राष्ट्र बैंकको नियमित प्रशासनिक कामकाज बरिष्ट डेपुटी गभर्नर डा. निलम ढुंगानाले हेर्ने छिन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij