२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाँकेका ग्रामीण भेगमा बाली उपचार शिविर

बाँकेका ग्रामीण भेगमा बाली उपचार शिविर

1K
Shares

नेपालगञ्ज- बाँकेका गाउँ बस्तीमा पुगेर कृषि प्राविधिकले बाली उपचार शिविर सञ्चालन गरेका छन् ।

कृषि ज्ञान केन्द्रले कोहलपुर नगरपालिका–१५ राप्तीसोनारी गाउँपालिका–८ पेरानीमा बाली उपचार शिविर सञ्चालन गरेका हुन् । “जहाँको बालीमा रोग देखिएको छ त्यहाँ शिविर सञ्चालन गरिएको हो”, केन्द्र प्रमुख विनोद घिमिरेले भने ।

सागसब्जीका पकेट क्षेत्र भएका स्थानलाई प्राथमिकतामा राखेर बाली उपचार सुरु गरेको हो । कृषि प्राविधिकले आलुमा लागेको डढुवा, लाही कीराको प्रकोप, फलमा प्वाल परेको, काउलीमा सूक्ष्म खाद्यतत्वको कमी देखिएको, गोलभेँडाको पछौटे डढुवा, फल फुटेको, फलमा गबारो लागेको, राजमामा कीराको प्रकोप, खुर्सानीमा रोगको प्रकोप, मकैमा कीराको प्रकोप देखिएको समस्याबारे किसानलाई विभिन्न सुझाव दिएका छन् ।

वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले कृषि प्राविधिकको सिफारिसअनुसार मात्र मलखाद र विषादीको प्रयोग गर्न किसानलाई सुझाव दिइएको बताउनुभयो । उनले ज्ञानको अभावका कारण बालीमा जथाभावी विषादीको प्रयोग बढेको देखिएको भन्दै भरपर्दो उपचार आवश्यक भएको बताए ।

शिविरमा बिरामी समस्याग्रस्त बोटबिरुवा ल्याएर किसानले विशेषज्ञबाट समस्या पहिचान तथा समाधानका उपायबारे सुझाव लिएका थिए । शिविरमा १७३ जना किसान सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij