२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक २३.८६ अङ्कले बढ्यो

नेप्से परिसूचक २३.८६ अङ्कले बढ्यो

1.1K
Shares

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३.८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बुधबार ११ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको ०.५१ प्रतिशत, फाइनान्स समूहको ३.२६ प्रतिशत, होटल तथा पर्यटन समहको ०.५२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यसदिन १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij