२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छिमेक लुघवित्तको संस्थापक शेयर बिक्रीमा

छिमेक लुघवित्तको संस्थापक शेयर बिक्रीमा

1.1K
Shares

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। शेयरधनी विवेक अग्रवालको नाममा रहेको १ लाख ९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ। शेयर खरीद गर्न इच्छुक शेयरधनीहरूले बिक्रेतासँग समन्वय गरी ३५ दिन भित्र निवेदन दिनु पर्नेछ।

निवेदन काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्नु पर्नेछ। साथै तोकिएको म्याद भित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij