काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको हकप्रद शेयर र २ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल एसबिआई बैंकको ३ दशलमव ८० प्रतिशत बोनश वापत ३९ लाख ९० हजार ५७ दशलमव ८६७२ कित्ता र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ दशलमव ३० प्रतिशत बोनश वापत १४ लाख ३ हजार ८९९ दशलमव ७६ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
यता,ङादी ग्रुप पावर लिमिटेडको १०० प्रतिशत हकप्रद शेयर वापत १ करोड ८५ लाख १२ हजार ७९२ दशलमव २२५ कित्ता र लेफी हाइड्रोपावर कम्पनीले लिमिटेको १०० प्रतिशत हकप्रद वापत १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर सूचिकृत भएको हो ।
अब सूचिकृत यी शेयरहरु भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij