काठमाडौं – आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अकंले बढेर २९९५.५५ बिन्दुमा बन्द भएकोछ । आज ३२३ कम्पनीको १ करोड ५५ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij