काठमाडौं – साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अकंले बढेर २९९५.५५ बिन्दुमा बन्द भएकोछ । आज ३२३ कम्पनीको १ करोड ५५ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १२ वटा उपसूचक हरियाली भएका छन् । आज बैंकिङ समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको ०.९३ प्रतिशत, फाइनान्स समूहको २.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आइतबार २२ कम्पनीको शेयर मूल्य घटेको छ भने २२२ कम्पनीको बढेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij