२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीद्वारा राजीनामा

1.2K
Shares

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका  छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज बिहान पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा मन्त्री चौधरीले गरेका छन् । गैर कानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको श्रव्य सामग्री सार्वजनिक भएपछि नैतिकताका आधारमा उनले राजीनामा दिए ।

उनले पत्रकारमाझ भने, “म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु ।” नेपाली कांग्रेसका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उनी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री भएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij