काठमाडौं – कोटेश्वरस्थित जडिबुटी कारखानामा राजावादीले आगो लगाएका छन्। तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका हुन्। राजावादीले जडिबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका आधा दर्जन सवारी साधन जलेर नष्ट भएका छन्। आगो अझै नियन्त्रणमा आएको छैन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij