२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कान्तिपुर टिभी र अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगा प्रहार

कान्तिपुर टिभी र अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगा प्रहार

615
Shares

काठमाडौं – काठमाडौंको तीनकुने क्षेत्र राजावादीको प्रदर्शनका कारण अशान्त बनेको छ। प्रदर्शनकारीले निजी घरमा तोडफोड गरे। प्रदर्शनकारीको ढुंगा लागेर क्षतविक्षत बनेको घरमा उनीहरूले आगजनी गरेका छन्। उनीहरूले सञ्चार गृहलाई समेत निशाना बनाए। प्रदर्शनकारीले कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगा प्रहार गरेका थिए। प्रदर्शनकारीको ढुंगा लागेर कार्यालयको सिसा फुटेको कान्तिपुर टिभीले जानकारी दिएको छ।

त्यस्तै तीनकुनेमै रहेको अन्नपूर्ण पोष्टको केन्द्रीय कार्यालयमा पनि ढुंगा प्रहार गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij