काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले १२ हजार ७९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यी शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२० रुपैयाँ तोकिएको छ। सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिन भित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij