२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोच्च अदालतमा कुलमान घिसिङले पेस गरेको रिट निवेदन दर्ता, शुक्रवार सुनुवाइ हुने

सर्वोच्च अदालतमा कुलमान घिसिङले पेस गरेको रिट निवेदन दर्ता, शुक्रवार सुनुवाइ हुने

1.3K
Shares

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै उनले बिहीवार रिट दर्ता गराएका हुन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।

अदालतले उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ शुक्रवार हुने बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij