काठमाडौं – सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। चैत १३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij