२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

विन नेपाल लघुवित्तले चैत २१ बाट एफपीओ ल्याउँदै

विन नेपाल लघुवित्तले चैत २१ बाट एफपीओ ल्याउँदै

1.3K
Shares

काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड यही चैत २१ गतेदेखि एफपीओ जारी गर्ने भएको छ। संस्थाले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको एफपीओ ल्याउन लागेको हो। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकितदरका कुल ५१ हजार २९२.५ कित्ता शेयर बिक्री खुला गर्नेछ।

लगानीकर्ताले यो एफपीओमा चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा २०८२ वैशाख ४ गतेसम्म एफपीओ बिक्री खुला गरिनेछ।

विन नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ  रहेको छ।

लगानीकर्ताले यस एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

हाल विन नेपाल लघुवित्तको चुक्तापुँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्ने भने सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत कायम हुनेछ।

क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij