२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्रम्पको तेलमा कर लगाउने धम्कीपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको चीनद्वारा निन्दा

ट्रम्पको तेलमा कर लगाउने धम्कीपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको चीनद्वारा निन्दा

655
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएपछि चीनले मङ्गलबार संयुक्त राज्य अमेरिकामाथि ‘भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप’ गरेको आरोप लगाएको छ ।

सोमबार ट्रम्पले अप्रिल २ देखि लागू हुने नयाँ भन्सार शुल्क भेनेजुएलाको तेल किन्ने मुलुकहरूबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने सबै वस्तुहरूमा लागू हुने बताउनुभयो ।

चीन भेनेजुएलाको तेलको सबैभन्दा ठूलो आयातकर्ता हो भने अन्य क्रेताहरूमा भारत, स्पेन र संयुक्त राज्य अमेरिका स्वयं पनि पर्दछ ।

“हामी अमेरिकालाई भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न र भेनेजुएलामाथि लगाइएको अवैध एकपक्षीय प्रतिबन्धहरू समाप्त गर्न आह्वान गर्दछौँ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँले संयुक्त राज्य अमेरिकालाई ‘भेनेजुएला र अन्य देशको शान्ति, स्थिरता र विकासका लागि अनुकूल हुने थप कामहरू गर्न’ आग्रह गर्नुभयो ।

जनवरीमा नयाँ चरणसहित भेनेजुएला वर्षौंदेखि अमेरिकी प्रतिबन्धको अधीनमा छ । जनवरीमा नयाँ चरणअन्तर्गत अमेरिकाले राष्ट्रपति निकोलस मादुरो र अन्य सरकारी अधिकारीहरूको गिरफ्तारीका लागि सूचनाको लागि प्रस्ताव गरिएको पुरस्कार बढाएको छ ।

सोमबार योजनाबद्ध भन्सार शुल्कहरू घोषणा गर्दै ट्रम्पले भेनेजुएलालाई ‘जानाजान र छलपूर्वक’ संयुक्त राज्य अमेरिकामा ‘गुप्त रूपमा, दसौँ हजार उच्चस्तरका र अन्य अपराधीहरू’ पठाएको आरोप लगाउनुभयो ।

ट्रम्पले पहिले नै चीनमाथि संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने वस्तुहरूमा सार्वभौमिक रूपमा २० प्रतिशत भन्सार शुल्क लगाउनुभएको छ । यसलाई उहाँले फेन्टानिल प्रवाहलाई रोक्ने प्रयासससँग जोड्नुभएको छ ।

बेइजिङले ‘संवाद’ का लागि आह्वान गरेको छ तर सोयाबिन, सुँगुरको मासु र कुखुरासम्मका अमेरिकी कृषि वस्तुहरूमा १५ प्रतिशतसम्म भन्सार शुल्क पनि लगाएको छ ।

विश्वको शीर्ष स्टिल उत्पादक चीनले पनि स्टिल र एल्युमिनियममा छुट्टै अमेरिकी कर लगाउने प्रतिक्रियामा ‘सबै आवश्यक उपायहरू’ लिने प्रतिज्ञा गरेको छ ।

मङ्गलबार गुओले भन्नुभयो, “व्यापार युद्धमा कुनै विजेता हुने छैन र अतिरिक्त शुल्क करहरू लागू गर्दा अमेरिकी व्यवसाय र उपभोक्ताहरूले मात्र बढी नोक्सान भोग्नुपर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij